२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना दर्ता

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन्।

गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाएको छ । 

प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । यस जिल्लामा ११९ जाहेरी दर्ता भएका छन् । कञ्चनपुरमा ३३ जाहेरी परेका छन् ।

प्रदेशका सात पहाडी जिल्लाहरूमध्ये डोटीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना दर्ता भएका छन् । यस जिल्लामा २० जाहेरी परेको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

यस्तै बझाङ्गमा १५, अछाम र बाजुरामा १३/१३, बैतडीमा १२ र दार्चुलामा १० घटना भएका छन् । डडेल्धुरामा सबैभन्दा कम सात जाहेरी परेका छन् ।

मुलुकी अपराध संहिता, २०७४ को भाग २ को परिच्छेद १८ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’ भनिएको छ ।

यस्तै उक्त परिच्छेदमा करकापमा पारी, डरधाक देखाई, झुक्यानमा पारी अपहरण गरी, शरीर बन्धक राखी लिइएको मञ्जुरीलाई मन्जुरी नमान्ने उल्लेख छ ।

यसैबिच आर्थिक वर्ष ०७८-०७९ माजवरजस्ती करणी उद्योगमा ८५ घटना दर्ता भएका छन् ।

प्रहरीका अनुसार कैलालीमा ३७, कञ्चनपुरमा १६, बझाङमा ११, डडेल्धुरामा सात, अछाम, बैतडी र बाजुरामा चार/चार, डोटी र दार्चुलामा एकरएक वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस