कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, १ घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, १ घाइते


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्किचुहा नगरपालिका-२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जिपसँग क१प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो । सख्त घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायो घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस