प्रहरी कारबाहीमा १६ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरी कारबाहीमा १६ जनाको मृत्यु


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १६ जनाको मृत्यु  भएको हो ।

अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना सन्दिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ । 

प्रहरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका हजारौँ मानिस आफ्नो घरबाट बाहिर निस्कन नपाएका जनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस