युक्रेन र रुसबीच खाद्य सम्झौता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युक्रेन र रुसबीच खाद्य सम्झौता


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रुससँग प्रत्यक्ष ढङ्गले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् । संयुक्त राष्ट्रसङ्घको सहयोगमा टर्कीले  जहाजहरूको निरीक्षण गर्नेछ । त्यस्तै, ब्ल्याकसी मार्फत अन्न र मल को रुसी निर्यात को सुविधा गरिनेछ।

जहाजमा हतियार तस्करी हुने रुसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।

सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठुलो अन्न उत्पादक मध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरुद्ध गरेको छ । युक्रेनी अन्नको विश्वव्यापी अभावले खाद्यान्नको मूल्य बढेको छ र लाखौँलाई भोकमरीको जोखिममा पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस