राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार नियुक्त « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार नियुक्त


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।

उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् ।

एपीएफ क्लबका प्रशिक्षक थापाले दोस्रो पटक महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनले २०७३ पनि महिला साफको लागि प्रशिक्षण दिएका थिए ।

एन्फाले पूर्व महिला विभाग प्रमुख विन्द्रा देवानलाई म्यानेजरको रुपमा नियुक्त गरेको छ ।

एन्फाले साफ च्याम्पियनसिप आयोजनाका लागि समिति पनि गठन गरेको छ । महिला साफ आयोजक कमिटीको संयोजकमा वीरबहादुर खड्का नियुक्त भएका छन् ।

जस अनुसार प्रतियोगिताको भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, व्यवस्थापकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश व्यञ्जनकार नियुक्त भएका छन् ।

एन्फाले सञ्जिव शिल्पकारलाई मार्केटिङ तथा मिडिया संयोजक बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस