लहान नगरपालिकाका उपमेयर महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लहान नगरपालिकाका उपमेयर महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणीको उजुरी प्रहरीमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

‘सुरुमा कार्यालय बाहिर कुराकानी भयो, त्यसपछि आफ्नो कार्यकक्षको गोप्य कोठामा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एक प्रहरी अधिकृतले भने ।

कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

महतो जनता समाजवादी पार्टीका महतो गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस