नुवाकोट गुर्जेभञ्ज्याङमा पहिरो, टोखा–छहरे सडक अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नुवाकोट गुर्जेभञ्ज्याङमा पहिरो, टोखा–छहरे सडक अवरुद्ध


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुर्जेभञ्ज्याङमा आज (शुक्रबार) बिहान पहिरो खसेको छ ।

बिहान करिब सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौँ–नुवाकोट जाने–आउने सवारीसाधन प्रभावित भएका छन् ।

अवरुद्ध सडक खुलाउने पहल भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस