पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


५ श्रावण २०७९, बिहिबार


सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।

कालिकोटको पिलीमा पहिरो जाँदा आज (बिहीबार) दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार बिहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानीय तहसँग समन्वय गरेर पहिरो पन्छाइएको हो ।

सड्क सञ्चालनमा आएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस