पालिकाको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्न एमाले सांसद ढकालको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पालिकाको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्न एमाले सांसद ढकालको माग


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली सङ्कलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न माग गरेका छन् ।

राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् ।

हाल निर्वाचन आयोगले जिल्लाहरुबाट मतदाता नामावली सङ्कलन कार्य जारी राखेको छ ।

हाल काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, मोरङ, झापा र काभ्रे गरी ८ जिल्लाबाट अनलाइनमार्फत मतदाता नामावलीका लागि फारम भर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य गत असार १ गतेदेखि सुरु जारी राखेको छ ।

यो काम निर्वाचनको मिति घोषणा नहुन्जेलसम्म जारी रहन्छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा हुने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस