भियतनामबाट चार्टर्ड जहाज भैरहवा आउँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भियतनामबाट चार्टर्ड जहाज भैरहवा आउँदै


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ। भियतनामबाट हाई एयू एभिएसनको एक चार्टर्ड जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी २७ तारीखमा आउने गरी सो जहाजले अनुमति लिएको छ । प्राधिकरणका प्रमुख गोविन्द दाहालका अनुसार यो जहाज आउँदा रित्तै आउनेछ, र्फकंदा २ जना यात्रु लगेर फर्कने भएको छ ।

यो विमानस्थलबाट अहिले जजिरा एयरवेजले मात्र नियमित उडान गरिरहेको छ । यसअघि भारतीय सेनाको जहाज अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले काठमाडौँबाट परीक्षण र उद्घाटन उडान गरेको थियो । त्यसबाहेक अन्य उडान भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस