बजेट प्रकरण : संसदीय समितिले शर्माभन्दा पहिले त्यसबारे समाचार लेख्ने पत्रकारहरुसँग छलफल गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बजेट प्रकरण : संसदीय समितिले शर्माभन्दा पहिले त्यसबारे समाचार लेख्ने पत्रकारहरुसँग छलफल गर्ने


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको उपस्थितिबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्माभन्दा पहिले त्यसबारे समाचार लेख्ने पत्रकारहरुसँग छलफल गर्ने भएको छ ।

समितिले शर्मासँग आज (बुधबार) छलफल गर्ने भनेको थियो । तर समितिले पहिले पत्रकारहरुसँग छलफल गर्ने र त्यसपछि मात्रै पूर्वमन्त्री शर्माको बयान लिने भएको हो । समितिका एक सदस्यकाअनुसार समितिले भोलि (बिहीबार) मात्रै पूर्वअर्थमन्त्री शर्माको बयान लिनेछ ।

बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको उपस्थितिबारे अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकले समाचार लेखेका थिए ।

समितिले बुधबार ती पत्रिकामा समाचार लेख्ने पत्रकारहरुसँग छलफल गर्ने भएको छ । यसअघि बिहान समितिले अर्थ मन्त्रालयका पूर्व सचिवसँग छलफल गरेको थियो ।

बजेट निर्माणको क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो ।

असार २२ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस