२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व सङ्कलन

अ+ अ-

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले रु ६४ करोड २४ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो ।

कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व सङ्कलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताए ।

उनले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नपाएको बताए।

जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित आठ वटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकाय निर्वाचनको प्रभाव पर्नु र भारतमा भएको निर्वाचनको प्रभावले अपेक्षाअनुरुप राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लाबाट निकासी पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कामबाट आव २०७८/७९ मा रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले आव २०७८/७९ को साउनमा रु ३९ करोड ३३ लाख, भदौमा रु ५४ करोड ६१ लाख, असोजमा रु ५१ करोड ६३ लाख, कात्तिकमा रु ४६ करोड ८१ लाख, मङ्सिरमा रु ६३ करोड १९ लाख, पुसमा रु ६२ करोड ४४ लाख, माघमा रु ५४ करोड ५० लाख, फागुनमा रु ३५ करोड ६४ लाख र चैतमा रु २७ करोड ९२ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी वैशाखमा रु ३५ करोड ३१ लाख, जेठमा रु २८ करोड ३७ लाख र असारमा रु २८ करोड ४१ लाख राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए ।

जिल्ला भन्सार कार्यालयले आव २०७७/७८ मा रु ६० करोड ५९ लाख र आव २०७६/७७ मा रु ३३ करोड ६६ लाख राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस