पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्दै छानबिन समिति « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्दै छानबिन समिति


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । संसदीय छानबिन समितिको बैठक आज बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । 

बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ । 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९-०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । 

उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस