निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिन्छ : निर्वाचन आयुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिन्छ : निर्वाचन आयुक्त


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली सङ्घका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए ।

आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव सङ्कलन गरिएको बताए । एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस