गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टि भएको हो । 

पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।

उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस