२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरमा एक वडा : एक नमुना विद्यालय

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमुना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ ।

दुई वर्षअघि सञ्चालित नमुना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै लाने योजना बनाएको छ ।

काठमाडौँ महानगरपालिका—२९ स्थित नमुना छनोट भएको विजय स्मारक माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा महानगरका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले नमुना विद्यालयबाट अन्य विद्यालयले असल अभ्यास र प्रयोग सिकेर शैक्षिक उपलब्धि बढाउन सक्ने बताए ।

महानगरले विजय स्मारक माविलाई शैक्षणिक योजना, वार्षिक कार्यतालिका, एकाइ पाठयोजना, दैनिक पाठयोजना, एकीकृत पाठ्यक्रम, मूल्याङ्कन पद्धति, शिक्षक सुधार योजनालगायतका विषयमा हब बनाउने नीति लिएको छ ।

सो विद्यालयका शिक्षक सुलोना केसी र सुनिता लामाले ती विषयमा विद्यालयबाट आधारभूत तहमा भइरहेका शैक्षिक सुधारका क्रियाकलापबारे सहभागी अन्य विद्यालयका शिक्षकलाई अवगत गराए भने विज्ञ प्रस्तोताका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव बोधराज निरौलाले शैक्षिक उपलब्धि सुधारका उपायबारे प्रशिक्षण दिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले जानकारी दिए ।

स्थानीय ज्ञान विकास आवासीय विद्यालयका तर्फबाट पनि प्रस्तुतीकरण गराइएको थियो ।