काठमाडौँ । जिल्ला अदालत संखुवासभाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को वार्षिक समीक्षा एवं कर्मचारीलाई सम्मान गरिएको छ ।
आर्थिक बर्ष ०७८/०७९ मा दर्ताको आधारमा ५७.३६ प्रतिशत मुद्दा मात्रै फर्छ्यौट भएको कार्यालयका कर्मचारी सूर्यबहादुर ठटालले जानकारी दिए ।
उनका अनुसार लक्ष्यको आधारमा भने ९५.३१ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । स्थानीय तहको निर्वाचनका कारण मुद्दा फर्छ्यौटमा केही कमी आएको ठटालले बताए ।
यस्तै कार्यसम्पादनका आधारमा कर्मचरीहरुलाई सम्मान समेत गरिएको छ । सर्वोत्कृष्ट कर्मचारी रामप्रसाद रेग्मी, उत्कृष्ट कर्मचारीद्वय बिराज रावत र झ्याकझुङ भोटेलाई सम्मान गरिएको हो ।
जि.स.व.का न्यायधिबक्ता लेखनाथ ढकाल र तहसिलदार रमेशबहादुर कुँवरलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए भने स्रेस्तेदार केदारप्रसाद गौतमले कार्यक्रमको संचालन गरेका थिए ।