डोटीमा एक अर्ब रकम फ्रिज, बोगटान फुड्सिल गाउँपालिकामा मात्रै १२.३१ प्रतिशत  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा एक अर्ब रकम फ्रिज, बोगटान फुड्सिल गाउँपालिकामा मात्रै १२.३१ प्रतिशत 


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । आर्थिक वर्ष २०७८-०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो ।

जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ । यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।

यस्तै आर्थिक वर्ष ०७८-०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये ६ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ रुपैयाँ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो ।

जिल्लामा सो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका सूचना अधिकारी जयदेव पन्तले जानकारी दिए ।

यस्तै जिल्लाका नौ स्थानीय तहमा संघीय सरकारमार्फत आएको कुल तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० सयमध्ये २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ रुपैयाँ फ्रिज भएको छ । यो रकम स्थानीय तहका लागि कुल विनियोजित रकमको ६.४३ प्रतिशत हो ।

स्थानीय तहमा सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा १२.३१ प्रतिशत रकम फ्रिज भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस