दार्चुलामा २० वर्षीया युवती मृत फेला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दार्चुलामा २० वर्षीया युवती मृत फेला


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । दार्चुलाको महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत फेला परेकी छन् । मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । 

विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस