थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । न्याय परिषद् बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायाधीशहरू राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरिएको हो । 

निधि उच्च अदालत महेन्द्रनगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौँमा कार्यरत थिए । न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरू बर्खास्तीमा पर्नेछन् ।

यसअघि पनि समितिले ३ न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस