निजामती ऐनको मस्यौदा माग्दै कर्मचारी नेताले दिए सामान्यमा निवेदन  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

निजामती ऐनको मस्यौदा माग्दै कर्मचारी नेताले दिए सामान्यमा निवेदन 


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनको मस्यौदाको प्रतिलिपि माग्दै एक कर्मचारी नेताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमिति अध्यक्ष गोपालप्रसाद पोखरेलले सोमबार सूचना अधिकारीलाई सम्बोधन गर्दै सङ्घीय निजामती सेवा ऐनको मस्यौदाको प्रमाणित प्रतिलिपि माग गर्दै मन्त्रालयमा निवेदन दिएका हुन् । 

‘…नेपाल निजामती कर्मचारी युनियनलाई यस मन्त्रालयमा रहेको तपसिलमा उल्लिखित विवरण तथा सूचना अध्ययन प्रयोजनका लागि आवश्यक परेको जानकारी गराउन चाहन्छौँ,’ निवेदक पोखरेलले भनेका छन् ‘उक्त सूचना नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार उक्ता विवरण तथा सूचनाको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन यो निवेदन गरिएको छ ।’

अध्यादेशमार्फत ल्याउन खोजिएको मस्यौदा सीमित राजनीति र प्रशासनका अधिकारीले गुपचुपमै ल्याउन खोजेको भन्दै कर्मचारी वृत्तमा व्यापक चासो भइरहेको बेला ट्रेड युनियनका अधिकारी, त्यो पनि सत्ताधारी पार्टी निकटबाटै सूचनाको हक प्रयोग गरेर मागिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस