४ सचिवको सरुवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

४ सचिवको सरुवा


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ भने त्यहाँ उपराष्ट्रपतिको कार्यालयका रामकृष्ण सुवेदीलाई ल्याइएको छ ।

यसैगरी कर्णाली प्रदेश सचिव राजकुमार श्रेष्ठको लोक सेवा आयोग र कर्णालीमा डा. गोपी खनाललाई पठाइएको स्रोतले जनाएको छ ।

सरुवा गरिएका चारै जनाको पत्र बनिसकेको र सम्भवतः आजै बुझ्ने जानकारी प्राप्त भएको छ । 

कोइरालाको सरुवा गर्ने समय नभई सकेको र काम पनि राम्रै भइरहेको भए पनि राष्ट्रपति कार्यालयका सचिव सुवेदीलाई सिंहदरवार भित्र्याउनु पर्ने र सोही मन्त्रालयमा मात्रै मिल्ने भएसँगै कोइरालालाई प्रधानमन्त्री कार्यालय सार्नु परेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस