प्रदेश गृहमन्त्रीहरु प्रहरी समायोजनमा दबाव दिन आए काठमाडौँ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश गृहमन्त्रीहरु प्रहरी समायोजनमा दबाव दिन आए काठमाडौँ


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । उनीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमडौँ आएका हुन् ।

आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केही बेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् ।

अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनीहरु खुमलटार जाने तयारी छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेस प्रदेशका गृहमन्त्रीले बताए ।

२३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरूको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस