कलैया उपमहानगरले हटायो ४३ जना कर्मचारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कलैया उपमहानगरले हटायो ४३ जना कर्मचारी


१ श्रावण २०७९, आइतबार


वीरगन्ज । बाराको कलैया उपमहानगरपालिकाले करार र ज्यालादारीमा काम गर्दै आएका ४३ जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।

योजना तथा प्रशासन प्रमुख मुस्ताक अन्सारीका अनुसार आज (आइतबार)देखि करारतर्फका ३९ र दैनिक ज्यालादारीमा काम गर्दै आएका ४ जना कर्मचारीको सेवा अन्त्य भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले असार ३१ गते नै सूचना जारी गर्दै उनीहरुलाई साउन १ गतेदेखि काममा नआउन जानकारी गराएका थिए ।

करार तथा ज्यालादारी कर्मचारीलाई भने ०७९ साउन १ गतेदेखि कामकाजमा नलगाउने निर्णय भएको पत्रमा उल्लेख छ ।

नगर प्रमुख विनोद साहको आदेशमा करार तथा ज्यालादारीका केही कर्मचारीलाई हटाइएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

उपमहानगरपालिका स्रोतका अनुसार निवर्तमान नगर प्रमुख राजेश राय यादवले राखेका करार र ज्यालादारीका अधिकांश कर्मचारी हटाइएका हुन् । वीरगन्ज महानगरपालिकाले पनि ६४ जना दैनिक ज्यालादारी कर्मचारी हटाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस