उपचार गर्न विदेश धाउने परिस्थिति अन्त्य गर्नुपर्छ : राष्ट्रपति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपचार गर्न विदेश धाउने परिस्थिति अन्त्य गर्नुपर्छ : राष्ट्रपति


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचार गर्न ठुला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

आज (आइतबार) काठमाडौँमा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले सर्वसाधारणलाई पायक पर्ने स्थानमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताएकी हुन् ।

‘रोगहरुको उपचार गर्न ठुला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्छ’ राष्ट्रपति भण्डारीले भनिन् ।

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा राखेको भन्दै उनले त्यस अनुसार सेवा दिन राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुका साथै पूर्वाधार विकास गर्नुपर्ने बताइन् ।

‘स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्य प्राविधिकहरुको उत्पादनका लागि राज्यद्वारा आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गरिनुपर्छ’ राष्ट्रपति भण्डारीले भनिन् ।

मेडिकल शिक्षालाई सबै प्रदेश, भूगोल र क्षेत्रमा विकेन्द्रिकृत गर्न पनि उनले सुझाव दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस