निगमलाई सात अर्ब ऋण दिने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निगमलाई सात अर्ब ऋण दिने सरकारको निर्णय


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने भएको छ ।

गएको असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् ।

‘पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन रकम अपुग भएकाले नेपाल सरकार, अर्थ मन्त्रालयले आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने,’ उनले भने ।

यस्तै, सरकारले पेट्रोलियम पदार्थमा कर बापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदानस्वरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस