अध्यक्ष प्रचण्डले भाजपासँग गरे संयुक्त कार्यक्रमको समझदारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष प्रचण्डले भाजपासँग गरे संयुक्त कार्यक्रमको समझदारी


१ श्रावण २०७९, आइतबार


नयाँ दिल्ली । भारत भ्रमणमा रहेका मा‌‌ओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् ।

भाजपा कार्यालयमा आज (आइतबार) अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार : बीजेपी अध्यक्ष जेपी नड्डा र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी

दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भने, कहिले बीजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने समझदारी भएको छ । दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताए ।

भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको उनले उल्लेख गरे । ‘तपाईंहरुलाई थाह छँदै छ, म भाजपा अध्यक्षको निम्तोमा यहाँ आएको हुँ,’ उनले भने ‘दुनियाँकै सबभन्दा ठुलो राजनीतिक पार्टीको रुपमा भाजपा स्थापित छ । आज यसको कार्यालयमा आएर यहाँको व्यवस्थापन, पार्टी कार्यालय कसरी चलेको छ लगायतबारे बुझेको छु ।’

गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार स्वदेश फर्किनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस