बीजेपी अध्यक्ष जेपी नड्डा र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बीजेपी अध्यक्ष जेपी नड्डा र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्री मोदीलाई भेट्ने तयारी


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (बीजेपी)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले बीजेपीको हेडक्वार्टरमा पुगेर अध्यक्ष नड्डालाई भेटेका हुन् । भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी छन् ।

तीन दिने भारत भ्रमणका लागि शुक्रवार दिल्ली पुगेका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ । 

मोदीसँगको भेटपछि प्रचण्ड आजै स्वदेश फर्किने छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस