सत्ता गठबन्धनले भारतीय चलखेल बढायो, हस्तक्षेप निम्त्याए : शङ्कर पोखरेल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सत्ता गठबन्धनले भारतीय चलखेल बढायो, हस्तक्षेप निम्त्याए : शङ्कर पोखरेल


१ श्रावण २०७९, आइतबार


काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई उनले त्यसकै उदाहरणको रूपमा प्रस्तुत गरेका छन् ।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरू अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरूको बिचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरूबाट भएको छ ।’

अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको समेत उनको आरोप छ । 

नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए । विगतमा नेपालको मन्त्रिपरिषद् बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाए ।

गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा उनीमाथि आक्रमण भएको पोखरेलले बताए । उनले गभर्नरबारे सञ्चार माध्यमहरूले प्रायोजित हल्ला चलाएको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस