प्रचण्ड र आरजुको भेटप्रति एमाले नेताको टिप्पणी : सत्ता बाँडफाँटको भद्दा झल्को « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड र आरजुको भेटप्रति एमाले नेताको टिप्पणी : सत्ता बाँडफाँटको भद्दा झल्को


३२ असार २०७९, शनिबार


काठमाडौँ । भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताएका छन् । 

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’

२०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ पनि उनले उल्लेख गरेका छन् । 

सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन उनीहरूको बीचमा भेटघाट भएको आशङ्का उनले गरेका छन् ।

सम्बन्धित समाचार : दिल्लीमा प्रचण्डले भेटे आरजु देउवालाई

Tags :
प्रतिक्रिया दिनुहोस