दिल्लीमा प्रचण्डले भेटे आरजु देउवालाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दिल्लीमा प्रचण्डले भेटे आरजु देउवालाई


३२ असार २०७९, शनिबार


काठमाडौँ । शुक्रबार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ ।

‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी काँग्रेस नेतृ आरजुसँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । 

सो क्रममा भारतका लागि नेपाली राजदूत शङ्कर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिती रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र आरजुबीच भेटवार्ता भएको थियो । 

प्रचण्डले आजै भारतीय विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस