दाङमा चट्याङ लागेर बालकको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दाङमा चट्याङ लागेर बालकको मृत्यु


३२ असार २०७९, शनिबार


काठमाडौँ । दाङमा चट्याङ लागेर  एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शङ्कर विकको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस