कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्दै काठमाडौँ महानगर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्दै काठमाडौँ महानगर


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ । महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका छन् ।

बाल कक्षादेखि ५ कक्षासम्म दिँदै आएको दिवा खाजा केन्द्र सरकारले कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएर कक्षा ६ सम्म विस्तार गरेको छ । तर, काठमाडौं महानगरपालिकाले भने आगामी आर्थिक वर्षदेखि नै कक्षा ८ सम्म खाजा विस्तार गर्ने निर्णय गरेको छ ।

दिवा खाजा कार्यक्रमले विद्यार्थी भर्ना दर बढाएको, बालबालिकाको स्वास्थ्य सुधार भएको अध्ययनले देखाएपछि विस्तार गर्ने निर्णय गरिएको अधिकृत सुवेदीले बताए ।

केन्द्र सरकारले कक्षा ६ सम्म दिने प्रतिविद्यार्थी १५ रुपैयाँमा महानगरपालिकाले १० रुपैयाँ वृद्धि गरेर २५ पुर्‍याएको छ भने कक्षा ७ र ८ लाई पनि सोही अनुसार प्रतिविद्यार्थी २५ रुपैयाँ छुट्याएको शाखा अधिकृत सुवेदीले जानकारी दिए ।

शाखा अधिकृत सुवेदीका अनुसार दिवा खाजाको लागि मात्रै महानगरपालिकाले ९ करोड भन्दा बढी रकम विनियोजन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस