यस्ता छन् मन्त्रिपरिषद् बैठकका दर्जन बढी निर्णय  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका दर्जन बढी निर्णय 


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्को आज (शुक्रबार) बसेको बैठकबाट विभिन्न निर्णयहरू गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि बसेको उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिना थप गर्नेलगायत विभिन्न निर्णयहरू गरेको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय–
१. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने ।

२. पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने ।

३. विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा नेपाल सहभागी हुने ।

४. नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने ।

५. पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने ।

६. नेपाली इँटा व्यवसायीको दुई पक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।

७. नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने ।

८. नेपाल र मोरक्कोको दुई पक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने ।

९. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ।

१०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने ।

११. सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने ।

१२‍‍. राष्ट्रिय अनुसन्धान विभागमा रिक्त एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदिप थापालाई नियुक्त गर्ने 

१३. सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण सम्बन्धी मोहन रमण भट्टराई अध्यक्षतामा बनेको समितिले पेस गरेको प्रतिवेदनलाई समितिमा पठाउने निर्णय 

Tags :
प्रतिक्रिया दिनुहोस