जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

जिल्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन् । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।

प्रहरी निरीक्षक भट्टका अनुसार गए राति चौकीदार गाउँतिर गएका थिए । सोही बेला ठुलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासि फोर्सले पानी आउँदा घर भासिएको हो ।

राती साढे २ बजेको घटना भए पनि स्थानीय गाउँलेले ४ बजे मात्र थाहा पाएका थिए । जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस