सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबरजस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो ।

पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस