सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी


३० असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए ।

तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति काँग्रेसले नछाडेको भनी प्रश्न गरे । उनले भने, ‘आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ? यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न ।’

आफ्नो समेत ध्यानाकर्षण गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस