२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीले जहाँ उठाउँछ त्यहीँ उठ्छु : रामचन्द्र पौडेल

अ+ अ-

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको निर्देशनको आधारमा आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।

दमौलीमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफ्नो इच्छाभन्दा पनि पार्टीले कता आवश्यकता सोचेर निर्देशन दिन्छ त्यही ठाउँमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

‘म यो पक्ष त्यो पक्ष भन्दा पनि नेपाली काँग्रेस पार्टीको पक्षमा छु’, उनले भने, ‘पार्टीले मेरो मूल्याङ्कन कसरी गर्छ, मेरो आवश्यकतालाई कसरी लिन्छ त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछु ।’

नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर हुनुपर्ने उनले बताए । पौडेलले भने, ‘पार्टीभित्र कसैलाई पनि अन्याय हुनुहुँदैन । निष्पक्षता र मूल्याङ्कनको आधारमा पार्टीभित्र न्याय हुनुपर्छ ।’

यस्तै, वरिष्ठ नेता पौडेलले मुलुकको स्थिरताको लागि गठबन्धन गरेको बताउँदै मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउन गठबन्धनको लक्ष्य रहेको बताए ।

उनले भने, ‘केपी ओलीको नेतृत्वको सरकाले गरेको गल्तीलाई सच्याउन देउवा सरकार आएको हो त्यसैले वर्तमान सरकालाई विगतको गल्ती दोहोर्‍याउन कुनै छूट छैन ।’

यस्तै काँग्रेस र माओवादी केन्द्र दुवै संविधान बचाउने पक्षमा रहेकाले दुवैको ध्रुव एउटै रहेको उनले चर्चा गरे । उनले भने, ‘राजनीति गर्न दुई पार्टी हुन् तर मुलुकलाई स्थायित्व र सुशासनको जग बसाउन दुवै पार्टी एक भएर लागेका छन् ।’

पौडेल यसअघि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । उनलाई एमाले उम्मेदवार किसानकुमार श्रेष्ठले ६ हजारभन्दा बढी मतले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस