एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिने


३० असार २०७९, बिहिबार


काठमाडौँ । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल भइरहेको छ ।

उनले अघि भने, ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ ।’

उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ ।

त्यसका लागि आज (बिहीबार) बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस