बालेनलाई एमाले अध्यक्ष ओलीले दिए तबला उपहार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बालेनलाई एमाले अध्यक्ष ओलीले दिए तबला उपहार


३० असार २०७९, बिहिबार


काठमाडौँ  । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।  त्यसक्रममा मेयर  शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।

ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौँ महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए। यस अघि एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफू र्‍याप गाउन सक्ने भन्दै घुमाउरो पारामा बालेनको प्रशंसा गरेका थिए।

उनी र्‍याप गायक पनि हुन्। बालेन पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन्। बालेनले आफूसँग पराजित भएका उम्मेदवारहरू सिर्जना सिंह र केशव स्थापितलाई भेट गरेका छन्।   

Tags :
प्रतिक्रिया दिनुहोस