गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग


२९ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ ।

नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् ।

एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दाबी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि एमालेले भने एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै हुन् वा होइनन् भन्नेबारे केही खुलाएको छैन ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्तिमा भनेकी छन्, ‘उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को उल्लेखित दफाको उल्लङ्घन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौँ ।’

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस