प्रदेश अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त


२८ असार २०७९, मंगलबार


कर्णाली । प्रदेश अस्पताल विकास समितिको अध्यक्ष पदमा प्रेमबहादुर घले नियुक्त भका छन् ।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले अध्यक्ष घलेसहित चार जना सदस्यलाई विकास समितिमा नियुक्त गरेको हो ।

प्रदेश अस्पताल विकास समितिका सदस्यमा क्षेत्रमणि गिरी, केशर रोकाया, टोपबहादुर रास्कोटी र निर्मला शर्मा नियुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ । सुर्खेतस्थित प्रदेश अस्पताल प्रदेश सरकार मातहतमा सञ्चालित छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले सत्ता साझेदार दलहरूबिच सहमति जुटाएर जिल्ला अस्पतालमा पनि पदाधिकारी नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसैबिच, आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाउन उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस