तीन जिल्लामा सिडिओ हेरफेर , भोजपुरमा घिमिरे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीन जिल्लामा सिडिओ हेरफेर , भोजपुरमा घिमिरे


२८ असार २०७९, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।

गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ ।

गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ।

कञ्चनपुरका रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।

गृह मन्त्रालयले गत शुक्रबार सिडिओ सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले आइतबार निर्णय कार्यान्वयन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस