काठमाडौँ । पहिलो कारोबार दिन सोमबार उच्च अङ्कले घटेको सेयर बजारमा मङ्गलवार भने झिनो सुधार भएको छ ।
मङ्गलवार (आज) ११.६८ अङ्कले बढेको बजार १९२७.२८ बिन्दुमा रोकियो ।
कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ । मङ्गलवार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटेल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।
मङ्गलवार सप्तकोसी विकास बैङ्कको मूल्य सबैभन्दा धेरै ९।३५ प्रतिशतले बढेर २३४ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट, यूनाइटेड इन्स्योरेन्स, सनराइज फस्ट म्यूचअल फण्ड, अरुण काबेली पावरसहितका कम्पनीको मूल्य धेरैले बढेको छ ।
यस दिन नयाँ सारथी लघुवित्त वित्तीय संस्था, आरबीबी म्यूचअल फण्ड, नविल इक्विटी फण्डलगायतको मूल्य भने धेरैले घटेको छ । अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भयो ।