उपभोग्य वस्तुको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उपभोग्य वस्तुको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण


२८ असार २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताए ।

उनले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरू मन्द गतिमा भएको उल्लेख गरे ।

सांसद विश्वकर्माले ठेकेदारहरूको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरू रोकिएको भन्दै उनीहरूलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताए ।

उनले बढ्दो व्यापार घाटालाई रोक्नुपर्ने बताए । उनले आयातलाई कम गर्दै लानुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस