भारतमा भारी वर्षाका कारण ६३ जनाको मृत्यु, जनजीवन प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा भारी वर्षाका कारण ६३ जनाको मृत्यु, जनजीवन प्रभावित


२८ असार २०७९, मंगलबार


काठमाडौँ। भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ ।

बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्‍याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।

गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरूलाई हेलिकोप्टरको सहायता उद्धार गरिएको छ । भारी वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरू पनि बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस