हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ


२७ असार २०७९, सोमबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी(ले विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगरपालिका-१४ मझेरी पाटनका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पोखरा महानगरपालिका–३० पावर हाउसबाट पक्राउ गरिएको जानकारी दिए ।

उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो ।

पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको प्रवक्ता महतोले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस