कर्णालीमा आर्थिक वर्ष ०७८/०७९को बजेट कति प्रतिशत खर्च ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीमा आर्थिक वर्ष ०७८/०७९को बजेट कति प्रतिशत खर्च ?


२७ असार २०७९, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा हालसम्म ६२.३७ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको बजेट ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार रुपैयाँमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारले पछिल्लो १० दिन अर्थात् असार १५ देखि २५ सम्म १० अर्ब २३ करोड ४९ लाख ४३ हजार २७९ रुपैयाँ बजेट खर्च गरेको छ ।

साढे ११ महिनामा ३५.७७ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले असार महिनाको १० दिनमा मात्रै २६।६ प्रतिशत बजेट खर्च गरेको छ ।

शनिबार राति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा बन्द गरिएको प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले बताए ।

आर्थिक कार्यविधि नियमावलीमा आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साताअघि भुक्तानी निकासा बन्द गरी खर्च विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारसँग आर्थिक वर्षको अन्त्यमा १२ अर्ब ५८ करोड २७ लाख ११ हजार २२५ रुपैयाँ मौज्दात छ ।

Tags :
प्रतिक्रिया दिनुहोस