२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी बलका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बिच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे । महानिरीक्षक अर्यालले पदोन्नति सँगै प्राप्त भएको दर्जा अनुरूपको कार्यसम्पादनमा पूर्ण व्यावसायिक भई क्रियाशील रहन अधिकृतहरूलाई निर्देशन दिँदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरू अनुशासित र इमान्दारितापूर्वक सामूहिक भावनाका साथ प्राप्त जिम्मेवारीका क्षेत्रहरूमा क्रियाशील रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध भई क्रियाशील रहने विश्वास समेत व्यक्त गरे ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।