नेता लिउ खुमलटारमा, माओवादी नेतृत्वसँग भेटघाट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेता लिउ खुमलटारमा, माओवादी नेतृत्वसँग भेटघाट


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

खुमलटारस्थित निवास पुगेर लिउले प्रचण्ड भेटेका हुन् । दुई जनाबीचको भेटवार्तामा माओवादी नेताहरू कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए ।

भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।

हिजो (आइतबार) काठमाडौँ ओर्लिएका लिउले एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्दै छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने हिजै भेट भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस